सभामुखको मुखै बैरी, पुष्टि गरेर देखाउन पत्रकारको चुनौती(भिडियोसहित)

 ग्लोबल टिभि      शनिबार, चैत्र ४, २०७९      0

चैत ४– सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको भन्दै गरेको टिप्पणीप्रति चौतर्फि आलोचना भएको छ । थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको भन्दै सभामुखले दिएको अभिब्यक्तिलाई लिएर नेपाल पत्रकार महासंघदेखि पत्रकारका हक हितमा काम गर्ने बिभिन्न निकायले आलोचना गरेको छन् । साथै सभामुखले दिएको अभिब्यक्ति तत्काल सच्याउन वा पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको भन्दै गरेको टिप्पणीप्रति पत्रकार महासँघदेखि पत्रकारको हकहितका लागि उभिएका बिभिन्न संघ संस्था निकायदेखि बुद्धिजिवीहरुले यसको आलोचना गरेका छन् । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डललाई बोलाएर पत्रकारको नै टिप्पणी गरेपछि सभामुख घिमिरेको आलोचना भएको हो । सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको भन्दै मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो देखा परेको बताएका थिए । पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए । उनी यतीमात्रैमा रोकिएका थिएनन् । उनले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको समेत भनन भ्याए ।

सभमाुखले दिएको यो गैरजिम्मेवारीपूर्ण अभिब्यक्तिलाई लिएर नेपाल पत्रकार महासंघले आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह समेत गरेको छ । स्वयं नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सभाभागि कार्याक्रममा सभामुखले दिएको अभिब्यक्तिमा अध्यक्ष लगाएतका पदाधिकारीले समेत आपत्ति जनाउन नसकेर शनिबार मात्रै महासंघकले बिज्ञप्ति मार्फत आपत्ति जनाएको थियो । सभामुखको अभिब्यक्ति ढिला गरी बुझेको महासंघले जारी गरेको विज्ञप्तिमा सार्वभौम संसदको मूल नेतृत्वको पदीय हैसियत र मर्यादाविपरीत भएको भन्दै सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् रहेको ठहर गरेको छ । नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला जिम्मेवार व्यक्तिले समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति दिँदा यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्ने नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी बताउँछन् ।

त्यसैगरी श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले राज्यको उच्च ओहोदामा बस्ने ब्यक्तिले समस्या दर्शाउने होइन भन्दै सम्बन्धित निकायको काम सभामुखले गरेकोप्रति आपत्ति जनाएका छन् । समस्या नभएको भन्ने होइन तर समस्या समाधान कसरी र कहाबाट उठाउने भन्ने विषयमा आफुहरु लागि परेको वेलो उच्च ओहोदाबाट यस्ता अभिब्यक्ति आउनु गैर जिम्मेवारी भएको बताए ।

यता सभामुखका प्रेस सल्लाहकार शेखर अघिकारीले संचार क्षेत्रमा कतिपय बिकृती पनि रहेको र त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा सभामुखको उक्त भनाई आएको भन्दै अन्यथा नबुझिदिन आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् । यसरी सभामुख जस्तो जिम्मेवारपूर्ण पदमा असिन ब्यक्तिबाट देशको चौथो अंगमाथि विना प्रमाण आक्षेप लगाउनुले स्वयं सभामुख घिमिरेको बैद्धिकता र नैतिकतामाथि प्रश्न उठेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *