कैलाश कठायत
कैलाश/गणेश– केन्द्रमा सत्ता गुमाएको एक महिना नपुग्दै प्रदेशमा समेत सत्ता गुमाउने अबस्थामा पुगेको नेकपा एमालेले अब के गर्छ भन्ने आम चासो छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पराजित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली दबाबमा छन् ।
सत्ता प्राप्तिको खेलमा प्रायजसो जित हात पार्न सफल एमालेका लागि सरकारबाट बाहिरिएको एक महिना नपुग्दै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पराजय भोग्नु परेको छ । केन्द्रमा सत्तापक्षबाट प्रतिपक्ष बनेको पिडा भुल्न नपाउदै एमालेले अब प्रदेशमा पनि सत्ताबाट बाहिरीनु पर्ने निश्चित जस्तै छ । यसपटक एमाले अध्यक्ष ओलीभित्रको राजनीतिक चतु¥याईँ पनि काम गरेको छैन । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन फेरेपछि ओलीको शक्ति ह्वात्तै घटेको छ । जसका कारण राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा उनले चालेको चाल सफल हुन सकेन । कोशी, गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वमा प्रदेश सरकार छ । सुदुरपश्चिममा पनि एमाले नेतृत्वको सरकार थियो । तर माओवादी, एमाले सहितको तत्कालीन सत्ता गठबन्धनमा चिरा परेपछि सुदुरपश्चिममा एमाले सत्ताच्युत हुन पुग्यो । कांग्रेस, माओवादी सहितको अहिलेको गठबन्धन नटुटे एमालेले कोषी, गण्डकी र लुम्बिनीमा समेत सत्ता गुमाउने निस्चित छ । अध्यक्ष ओली अब एमाले प्रतिपक्षमा बसेर ससक्त भुमिका खेल्ने बताउँछन ।
त्यसो त एमालेका कतिपय नेता केन्द्रमा गुमेको सत्ता फर्काउन र प्रदेशमा गुम्न लागेको सत्ता जोगाउन कांग्रेससंग नयाँ गठबन्धन गर्नुपर्ने बताईरहेका छन । राजनीतिक स्थायीत्वको रटान लगाएर उनीहरुले कांग्रेसलाई नया गठबन्धनका लागी आह्वान गरीरहेका छन । एमाले नेता बिशाल भट्टराई कांग्रेस नेतृत्व तयार भए नया गठबन्धनका लागि एमाले पनि तयार रहेको बताउँछन् ।
एमाले अध्यक्ष ओलीले समेत केही दिनअघि कांग्रेससँंग मिल्नै नहुने कसम नखाएको बताएका थिए । उनको अभिब्यक्तिले सत्ता गठबन्धनमा समेत हलचल ल्याएको थियो । कांग्रेसका कतिपय नेताहरुले ओलीलाई जवाफ पनि फर्काएका थिए । उनीहरुले एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धन फुटाउन खोजेको आरोप लगाएका थिए ।
Leave a Reply