चैत ७ – उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी छिन्।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी हुन्।
उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने बताइन्। नेपाल दुई ठूला देशहरुको बीचमा रहेकाले आणविक रुपमा नेपाललाई खतरा रहेको पनि उनले उल्लेख गरिन्।
त्यस्तै उनले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरु खेप्नुपरेको बताइन्। उब्जनी नहुने तथा पानीका मुलहरु सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्था समेत आउन थालेको उनले बताइन्।
उनले भनिन्, ‘जलवायु परिवर्तनले गर्दा हाम्रो जनजिवनमा अस्तव्यस्त छ। जलवायु परिवर्तनले विश्वव्यापी नै असर पारेको छ। नेपालले झनै धेरै असर खेप्नुपरेको छ। मान्छेहरुले उत्पादन गर्न सकेको छैन। उब्जनी फलिराखेको छैन। भोकभोकै बस्नुपरेको छ। पानीको स्रोतहरु, मूहानहरु बन्द भएर मान्छेहरु बसाइँ सरिरहेका छन्। नेपाल शान्तिको देश हो। हामी शान्ति चाहन्छौँ। हामीलाई आणविक कानूनको आवश्यकता रहेको छ। छिमेकीहरुले आणविक प्रयोग गरेर केही भयो भने तिनीहरुले क्षतिपूर्ति दिनुपर्छ। दुई ठूला देशको बीचमा भएकाले हामीलाई अवश्य पनि खतरा छ। हामीलाई कानूनको आवश्यकता छ।’
Leave a Reply