ग्लोबल टिभि
बुधबार, चैत्र ८, २०७९
0
चैत ८ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार रुपैयाँले घटेको हो ।
आज सुन तोलाको एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन मंगलबार तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Post Views: 146
Leave a Reply