युद्धका बेला गरेका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गएः प्रचण्ड

 ग्लोबल टिभि      बुधबार, चैत्र ८, २०७९      0

चैत ८– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धका बेला भएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिंदै उनले विगतमा गर्वका साथ सुनाइने गरेको अन्तर्जातीय विवाह अहिले गर्वको विषय हुन छाडेको बताए ।

‘हामीले युद्ध वा आन्दोलनका बेलामा जे कुरा उठायौं त्यही कुरा गर्वका विषय हुन विस्तारै छाडे, आन्दोलन वा क्रान्तिका बेला गरिएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए’ उनले भने, ‘जुन गर्वका साथ स्थापित गर्ने गरिन्थ्यो । त्यही स्तरका गर्वका विषय हुन छाडे ।’

प्रचण्डले अन्तर्जातीय विवाह निरन्तर आन्दोलनको विषय भएको बताए । तर आन्दोलनसँगै संविधान, कानुन र समाजका अरु अवयव पनि सँगै अगाडि जान आवश्यक रहेको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *