नेपालीले ८ महिनामा कति खान्छन् काजु ?, कुन देशबाट कति आउँछ ?

 ग्लोबल टिभि      बुधबार, चैत्र ८, २०७९      0

चैत ८– नेपालले चालु आर्थिक वर्ष २०७९/०८०को आठ महिनामा ४३ करोडको काजु आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालु आवको आठ महिनामा ४३ करोड ५४ लाख ३९ हजार रुपैयाँको काजु आयात गरेको छ ।

नेपालले युनाइटेड अरब इमिरेट्स, भारत, मोजाम्बिक, कतार, भियतनाम, चीन, नाइजेरियाबाट काजु आयात गर्दै आएको छ ।

पछिल्लो आठ महिनामा भारतबाट एक करोड चार लाख १२ हजार, मोजाम्बिकबाट २५६ रुपैयाँ, कतारबाट ६ हजार, युनाइटेड अरब इमिरेट्सबाट पाँच हजार, भियतनामबाट एक करोड २० लाख ५६ हजार रुपैयाँको बोक्रासहितको काजु आयात भएको छ ।

यस्तै, चीनबाट ३९ लाख ९९ हजार, भारतबाट ११ करोड ७३ लाख ३६ हजार, मोजाम्बिकबाट १२ करोड ४६ लाख ९९ हजार, नाइजेरियाबाट सात करोड ४३ लाख ३६ हजार र भियतनामबाट ९ करोड २५ लाख ९० हजार रुपैयाँको बोक्राबिनाको काजु आयात भएको छ । उक्त काजु आयातबाट सरकारले २१ करोड ६४ लाख २ हजार राजस्व संकलन गरेको छ ।

कुन देशबाट कति केजी आयात भयो ?

नेपालले पछिल्लो आठ महिनामा बोक्रासहित र बिना बोक्राको गरी ६ लाख ५५ हजार ८५८ केजी काजु आयात गरेको छ ।

विभागका अनुसार भारतबाट ५५ हजार ८५३ केजी, मोजाम्बिकबाट दुई केजी, कतारबाट ९ केजी, युनाइटेड अरब इमिरेटस्बाट आठ केजी, भियतनामबाट एक लाख १० हजार ८०० केजी बोक्रासहितको काजु आयात भएको छ ।

यस्तै, चीनबाट चार हजार २०० केजी, भारतबाट एक लाख २३ हजार ८०० केजी, मोजाम्बिकबाट एक लाख ६२ हजार ४४० केजी, नाइजेरियाबाट ८७ हजार ३५२ केजी र भियतनामबाट एक लाख ११ हजार ३९४ केजी बोक्रा बिनाको काजु आयात भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *