चैत ८– युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)का अनुसार अन्तरिक्षमा १० सेन्टिमिटर (करिब ४ इञ्च) भन्दा ठूला फोहोरका टुक्राहरू ३६ हजार ५०० भन्दा बढी छन् ।
पृथ्वीबाट प्रक्षेपण हुने स्याटेलाइटहरू र स्याटेलाइट प्रक्षेपण गर्न प्रयोग हुने रकेट समयावधि सकिएसँगै फोहोरका रुपमा अन्तरिक्षमा रहन्छन् । अन्तरिक्षमा पठाइने यस्तो उपकरणहरू एक आपसमा ठोक्किएर थप टुक्रिन्छन् ।
नासाका अनुसार यस्ता फोहोरका टुक्राहरू प्रतिघण्टा २८ हजार किलोमिटर भन्दा तीब्र गतिमा अन्तरिक्षमा घुमिरहेका हुन्छन् । यसकारण सानो फोहोरको टुक्राले समेत अन्तरिक्षमा सक्रियरुपमा काम गरिरहेको स्याटेलाइटलाई क्षति पुर्याउन सक्छ ।
युरोपेली अन्तरिक्ष एजेन्सीले एक सेन्टिमिटरदेखि १० सेन्टिमिटरसम्मका फोहोरका टुक्राको संख्या १० लाख भन्दा बढी रहेको जनाएको छ ।
एक मिलिमिटरदेखि एक सेन्टिमिटरसम्मका फोहोरका टुक्राको संख्या १० करोड भन्दा बढी रहेको नासाको तथ्यांकमा छ । ईएसएको विश्लेषणले यो संख्या १३ करोड भन्दा बढी रहेको देखाउँछ ।
कति स्याटेलाइट पठाइए अन्तरिक्षमा
तत्कालीन सोभियत संघले सन् १९५७ को अक्टोबर ४ मा पृथ्वीबाट पहिलो मानव निर्मित भूउपग्रह अथवा स्याटेलाइट स्पुतनिक–१को प्रक्षेपण गर्दै अन्तरिक्ष युगको सुरुआत गरेको थियो ।
ईएसएका अनुसार त्यतिबेलादेखि हाल (पछिल्लो तथ्यांक २०२२ को डिसेम्बर २२० सम्म ६ हजार ३७) वटा रकेट प्रक्षेपण भएका छन् ।
यी रकेट प्रक्षेपणमार्फत १५ हजार ७० स्याटेलाइट अन्तरिक्षमा अथवा पृथ्वीको कक्षमा तैनाथ गरिएको छ । ती मध्येका ९ हजार ७९० स्याटेलाइट अहिले पनि अन्तरिक्षमै छन् भने, यी मध्ये पनि ७ हजार २०० स्याटेलाइट सक्रिय सञ्चालनमा छन् ।
अन्तरिक्ष निगरानी नेटवर्कहरूले नियमित निगरानी गरेको फोहोरका टुक्राको संख्या ३२ हजार ३०० रहेको छ ।
अन्तरिक्षमा छुटेका स्याटेलाइट र रकेटहरू एक आपसमा ठोक्किएको, टुक्रिएको र विस्फोट भएर थप टुक्रिएको घटनाको संख्या ६४० भन्दा बढी छ ।
यसरी अन्तरिक्षमा पृथ्वीको कक्षमा रहेको सबै वस्तुको तौल १० हजार ७०० टन अर्थात् एक करोड ७ लाख किलोग्राम भन्दा बढी छ ।
स्पेसएक्सको स्टारलिंक, वानवेब र अमेजनको कुइपरजस्ता स्याटेलाइट इन्टरनेट सेवा दिने उद्देश्यका कम्पनीहरूले हजारौंको संख्या अन्तरिक्षमा स्याटेलाइट राख्ने उद्देश्य राखेका छन् ।
यसले अन्तरिक्षमा स्याटेलाइटहरूको व्यवस्थापन गर्न समस्या निम्त्याएको र एक आपसमा ठोक्किने जोखिम झनै बढ्ने निश्चित छ ।
हावर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलविद् एवं खगोल भौतिकशास्त्री जोनाथन म्याकडोवेलले अन्तरिक्षमा दुई वस्तु ठोक्किने अवस्थामा पुग्ने सम्भावना २०२० को तुलनामा २०२२ मा १३४ प्रतिशत बढेको बताएका छन् । २०२१ मा यो सम्भावना २०२० को भन्दा ५८ प्रतिशतले बढेको बताएका छन् ।
गत जनवरी २७ मा दुईवटा सोभियतकालीन् रकेटका टुक्राहरू एक आपसमा ठोक्किन ६ मिटरको दुरीले जोगिएका थिए । ठोक्किएको अवस्थामा यसबाट थप हजारौं जोखिमपूर्ण टुक्राहरू बन्ने थिए । नासा र ईएसए
Leave a Reply