विनोदबिक्रम भण्डारी
विनोद/निर्मल- धरान उपमहानगरका मेयर हर्क सामपाङ राई अष्ट्रेलिया जाने भएका छन् । धरान छाडेर काठमाडौं समेत नआउने बताएका मेयर साम्पाङ अहिले भने अष्टेलिया उडन् थालेका हुन् । उनले जुन १६ र १७ मा सिड्नीमा कार्यक्रम गर्नेछन् । आखिर किन उड्न लागे त उनी अष्ट्रेलिया ?
नेपालमा सामाजिक संजालमा सबैभन्दा धेरै खोजिनेमध्येका एक हुन् धरान उपमहानगरपालिकाका मेयर हर्क रामपाङ राई । श्रमदान गरेरै विकाश र समृद्धिको यात्रा तय गर्न सकिन्छ भनेर लागेका मेयर राईले धराने जनताका लागि श्रमदान गराएर पानी समेत खुवाएका छन् । तीनै मेयर राई श्रमदानको रकम उठाउन भनी अष्ट्रेलिया जाने भएका छन् । केहिदिन अघि संचारकर्मी दिनेश डिसीको टिम मेयर राई लाई अष्ट्रेलिया लान उनको कार्यकक्षमै पुगेको थियो । उनले निम्तो स्वीकार समेत गरेका थिए । फेस टु फेस विथ हर्क सामपाङ नाम दिइएको उक्त कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । कार्यक्रम जुन १६ र १७ तारिकमा हुनेछ । त्यहि कार्यक्रममा सहभागि हुन उनी आयोजककै खर्चमा अष्ट्रेलिया उड्न लागेको सामाजिक संजाल फेसबुकमा स्टाटस राखेका छन् ।
कुनै समय म विदेश त के काठमाडाँैसम्म पनि जाँदिन कोहि मलाई भेट्न चाहाने भए धरानको खोला किनारमा आउनु त्यहि श्रमदान गरौँला, भन्ने राई एकाएक श्रम रकम उठाउन अष्ट्रेलिया उड्ने भएपछि सामाजिक संजालमा उनीबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिपयले त धराने मेयर हर्क क्रिकेट रंगशाला बनाउँछु भनी लागेका हास्यकलाकार सिताराम कट्टेल धुर्मूसकै बाटोमा लागेको समेत टिप्पणी गर्न थालेका छन् । हास्यकलाकार सिताराम कट्टेलले मंगलबार आफूले सहयोग रकम मागेर रंगशाला निर्माण गर्दा मानसिक पिडामा पुगेको बताएका थिए ।
धुर्मसले यस्तो स्पष्टिकरण दिइरहेका बेला राई श्रम रकम उठाउन अष्ट्रेलिया जाने भएका हु्न् । त्यसो त धरानको मेयरमा निर्वाचित भएपछि धराने जनतालाई पानि खुवाउन दिनरात मेहनत गरेर पानि खुवाउन सफल भएका हर्क श्रमदानबाटै धरान बनाउने दावी गरिहेका छन् । नगरपालिकाको बैठकमा समेत कसैलाई नटेर्ने मेयर हर्क सत्यका लागि कसैको पाउ नपर्ने बताउँदै आइरहेका छन् ।
केहिदिन अघि नगरपालिकाको बैठकमा अन्य वडाका अध्यक्षसंग लफडा गरेपछि मेयर राईको आलोचना समेत भएको थियो । प्रायः चौविसै घण्टा सामाजिक संजालमा समेत भेटिने मेयर हर्क सामापाङ राई श्रमदानका गतितिविधिबारे हरेक घण्टामा फेसबुकमा पोष्ट गरिहेका हुन्छन् । कतिपयले त उनको सामजिक संजालमा देखिएको सक्रियताप्रति खुलेरै विरोध समेत गरिरहेका हुन्छन् । कसैको पर्वाह नगरि श्रमदानमा लागेका मेयर राई मुलक श्रमदानबाटै विकासोन्मुख मुलकमा पुग्ने विश्वास राख्छन् ।
Leave a Reply