सडकदेखि संसदसम्म अराजक तत्व सल्वलाउँदै, दुर्गाले आगो फुके, प्रचण्डले मुख थुने(भिडियोसहित)

सुर्दशन आचार्य

 ग्लोबल टिभि      बिहिबार, चैत्र ९, २०७९      0

सुर्दशन आचार्य- पछिल्लो समय सडकदेखि सदनसम्म आलोचना र विरोधका स्वरहरु बढ्दै गइरहेका छन् । अस्थिर राजनीति, नेताहरुको भूमिका र वर्तमान आर्थिक अवस्थालाई लिएर संसदमा उपस्थित दलदेखि सडकमा अभियानका नाममा प्रदर्शन तथा विरोध भइरहेका छन् । किन बढ्दै छन् त असन्तुष्टिका स्वरहरु ?

पछिल्लो समय सडकदेखि सदनस    म्म आलोचना र विरोधका स्वरहरु मात्रै गुञ्जिन थालेका छन् । सदनमा सत्ता समिकरणदेखि व्यवस्था विरोधि आवाजहरुले बुलन्द हुँदै गएको छ भने सडकमा वर्तमान आर्थिक अवस्था, नेताहरुको कार्यशैली र उनीहरुको भूमिकाका विषयमा प्रश्नहरु उठिरहेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचन र प्रप्त जनमतले संसदलाई अस्थिरताको केन्द्र बनाइदिएको छ । संसदमा पुगेका दलहरुपनि राजसंस्था, हिन्दुराष्ट्र बोक्नेदेखि संघियता विरोधि आवाज उठाउनेहरु पनि छन् । जुन कुरा प्रत्येक पटक बस्ने संसद बैठकमा उठ्ने विषय र त्यसको आरोप प्रत्यारोपले स्पष्ट देखाउँछ ।

अर्कोतर्फ सडकमा हिन्दूराष्ट्र, राजसंस्था स्थापना, बैंक तथा वित्तिय संस्थाको नियन्त्रण लगायतका माग राख्दै अभियान्ता दुर्गा प्रसाइले आन्दोलन गरिरहेका छन् । खासगरी उनले उठाएको २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने भन्दै ऋण नर्तिन आग्रह सहित चलाएको अभियान आर्थिक क्षेत्रमा तरंग नै सिर्जना गरिदिएको छ । साथै उनको अभियानमा वर्तमान दल र त्यसका शीर्ष नेताहरुकै कारण देश असफल भएको दिने अभिब्यक्ति र २०४७ सालको संविधान लागू हुनुपर्ने मागले पनि जनमत विभाजित गरिदिएको छ ।

दर्गा प्रसाई मात्रै होइन अभियानका नाममा केहि हुल जनता जम्मा गरेर सडकमा प्रदर्शन र विरोध जनाउने अभियान्ताहरु प्रसस्तै छन् । कोहि सर्वोच्च अदालतसहित कानुनको धज्जी उठाउँदै विरोधका श्वरहरु गुन्जाएका छन् भने केहि नेता र व्यवस्थाविरोधि अभिब्यक्तिमा भ्रम छरिरहेका छन् । यसैको उदाहरणको रुपमा चैत्र २ गते प्रधानमन्त्री प्रचडमाथि त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप क्रिकेट लिग टू त्रिदेशीय श्रृखलामा खेलाडिलाई हैसला दिन पुग्दा उनीविरुद्ध लागेको नारा र मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक कार्यक्रममा जादै गर्दा लागेको नाराले पनि देखाउँछ ।

हुनत प्रचण्ड प्रधानमन्त्री बनेको दुई महिना नपुग्दै सत्ता गठबन्धनमा टुटफुट आयो र अहिले नयाँ समिरण बनेको छ । छोटो समयमा फेरिएको समिकरण र नेताहरुले दिने अभिब्यक्तिले पनि जनतामा नैराश्यता छाएको छ र यहि मौकाको दाउ छोप्दै सडकदेखि सदनसम्म सल्वलाउनेहरु प्रसस्तै देखिन थालेका छन् । संबिधानले नै ब्यवस्था गरेको वाक स्वतन्त्रलाई देखाउदैं तथानामा बोल्ने र लेख्नेहरुको संख्या पनि बढिरहेको छ । यसले स्वयं हाम्रो चरित्र र बैद्धिकतामाथि प्रश्न उठेको छ भने जनतामा भ्रम सिर्जना । त्यसैले यस्तो परिस्थिति सिर्जना हुनुको पछाडि देखिएको अस्थिर राजनीति, नेतादेखि बैद्धिक वर्गसम्मका अभिब्यक्ति संयम हुनुपर्छ साथै सडकमा देखिने छाडातन्त्र र अभियानका नाममा सल्वलाएका अभियान्तालाई सिष्टता सिकाउनै पर्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *