जुनिषा कोइराला
जुनिषा-नेपालमा सूचना प्रविधिको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । यो भनाईलाई थप पुष्टि शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनका अनुसार नेपालमा ७३ दशमलव २ प्रतिशत सर्वसाधारणले मोबाइल फोन बोक्ने गरेको स्पष्ट देखाएको छ ।
नेपालमा सूचना प्रविधिको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । केहि वर्ष अघिसम्म शहर केन्द्रीत सूचना प्रविधिको प्रयोग संघीयता कार्यान्वयनसँगै बनेका स्थानीय तहसँगै बढ्दै गएको हो । यो कुरालाई पनि पुष्टि गरेको छ शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले । प्रतिवेदनका अनुसार नेपालमा ७३ दशमलव २ प्रतिशत सर्वसाधारणले मोबाइल फोन बोक्ने गरेका छन् । त्यस्तै जनसंख्याका आधारमा कर्णाली प्रदेशमा सवैभन्दा बढि ८२ दशमलव २ प्रतिशतले मोबाइल प्रयोगकर्ता रहेको र सबैभन्दा कम गण्डकी प्रदेशमा ७१ दशमलव १ प्रतिशतरहेको प्रतिवेदनले औल्याएको छ ।
यसैगरी,सुदूरपश्चिम प्रदेशमा ७९ दशमलव १ प्रतिशत७४ दशमलव ८ प्रतिशत, कोशी प्रदेशमा ७२ दशमलव ६ प्रतिशत, मधेश प्रदेशमा बागमती प्रदेशमा ६८ दशमलव २ प्रतिशत, , लुम्बीनी प्रदेशमा ७४.दशमलव ६ प्रतिशत, र जनताको हातमा मोबाइल फोन रहेको तथ्यांकमा उल्लेख छ ।त्यस्तै नेपालमा बसोबास गर्ने ७३ प्रतिशत जनताले स्मार्ट मोबाइल फोन प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये कोशी प्रदेशमा ७४दशमलव२ प्रतिशत, मधेश प्रदेशमा ६६.दशमलव९ प्रतिशत, बागमती प्रदेशमा ८० प्रतिशत, गण्डकी प्रदेशमा ७७दशमलव.८ प्रतिशत, लुम्बीनी प्रदेशमा ७५दशमलव.५ प्रतिशत, कर्णाली प्रदेशमा ५८शमलव४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६२ दशमलव६७ प्रतिशत जनाको हातमा स्मार्टफोनको पहुँच रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।यसैगरी नेपालमा ल्याण्डलाइन टेलिफोन ४.दशमलव५ प्रतिशत जनताले मात्रै प्रयोग गरेको पाइएको छ । जसमध्ये कोशी प्रदेशमा ३.दशमलव१ प्रतिशत, मधेशमा १ दशमलव.६ प्रतिशत, बागमतीमा १०दशमलव.१ प्रतिशत, गण्डकीमा ५दशमलव.२ प्रतिशत, लुम्बिनीमा ३ प्रतिशत, कर्णालीमा १दशमलव९ प्रतिशत र सुदूरपश्चिममा २ दशमलव१ प्रतिशत जनाले मात्रै ल्याण्डलाइन फोन प्रयोग गर्ने गरिएको पाइएको छ ।
जनगणनामा देशभरका प्रत्येक परिवारमा भएका घरायसी साधन वा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्याण्डलाइन फोन, मोबाइल फोन, स्मार्ट मोबाइलफोन, कम्प्युटर÷ल्यापटप, इन्टरनेट सुविधा, सवारीसाधन , विद्युतीय पंखा, रेफ्रीजेरेटर, वासिङ मेशिन, एयर कन्डिशनरसहित १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो । जसका आधारमा ३दशमलव९ प्रतिशत परिवारहरूमा कुनै पनि किसिमको साधन र सुविधाको पहुँच छैन भने ९६दशमलव१ प्रतिशत परिवारमा कम्तिमा कुनै एक किसिमका साधन तथा सुविधा भएको उपकरणहरुको पहुँच रहेको प्रतिवेदनमा समावेश गरिएको छ ।त्यस्तै ३४दशमलव२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने ४९दशमलव४ प्रतिशतको घरमा मात्रै टेलिभिजन सुविधा छ । यस्तै १५ प्रतिशत नेपालीहरुको पहुँचमा कम्प्युटर तथा ल्यापटप सुविधान छ भने ३७.दशमलव८ प्रतिशत नेपाली इन्टरनेटको प्रयोग गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनले जनाएको छ ।
Leave a Reply