चैत १४ – प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ। दशरथ रंगशाललामा खेल साझ ६ बजे सुरु हुनेछ।
नेपाल लगातार दोस्रो जीत हात पार्ने लक्ष्य सहित मैदान उत्रनेछ। पहिलो खेलमा लाओसलाइ दुई शून्य गोलले पराजित गर्दा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए। लाओस सँग दुई गोल बाहेक अधिकांश समय नेपाल फितलो देखिएको थियो।
भुटान भने पुनरागमनको प्रयासमा हुनेछ। लाओससँग भुटान दुई एक गोलले हारेको थियो। नेपालविरुद्ध दुई गोल अन्तरको जीत हात पारे भुटानले फाइनलमा स्थान बनाउनेछ। लाओस बाहिरिनेछ। भुटानसँग तीन गोल अन्तरको हारले नेपालको फाइनल खेल्ने सपना समाप्त हुनेछ।
पछिल्लो पटक भुटानले नेपाल सँग सन २०१९ मा भएको १३ औं दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो। फाइनलमा नेपालले दुई एक गोलको जीत हात पार्दै स्वर्ण पदक जितेको थियो।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन्। =प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन्, भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ।
Leave a Reply