खुकुरी प्रहार गरी वृद्धको हत्या

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १४, २०७९      0

चैत १४ – रामेछापको गोकुलगङ्गा गाउँपालिका-४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गएराति हत्या भएको हो।

खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्यधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए। खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको थियो।

श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौँ गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए। नातिनीहरू घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय, हेटाैँडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको उनले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *