विदेशमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा

 ग्लोबल टिभि      बुधबार, चैत्र १५, २०७९      0

चैत १५ – सरकारले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा दिन लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने भएका छन् । टेलिमेडिसिन सेवा आज बिहान १० बजेदेखि सुरु हुनेछ ।

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कुनै पनि स्वास्थ्य समस्याको बारेमा प्रवद्र्धनात्मक सेवा दिने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव तथा सूचना अधिकृत राजन पौडेलले बताए ।

बोर्डले यो वर्ष अनलाइनमार्फत सेवा दिने बताएको छ । सेवा प्रभावकारी भए अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना रहेको पौडेलले जानकारी दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *