रामपुर क्याम्पसको स्ववियु निर्वाचनमा बुथ कब्जाको आरोप

 ग्लोबल टिभि      शनिबार, चैत्र १८, २०७९      0

चैत १९ –  नेपाली कांग्रेसले चितवनस्थित रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचनमा बुथ कब्जा भएको आरोप लगाएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सो क्याम्पसमा नेविसंघको उपस्थितिविना अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ : ‘नेपाल विद्यार्थी संघको उपस्थिति विना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ ।’

कांगेसले क्रियाशील विद्यार्थी संगठनसँगको कुनै समन्वयविना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी भएको बताएको समेत विज्ञप्तिमा जनाइएको छ ।

उक्त अवैधानिक कार्यको विरोध गर्दा क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते भएको समेत विज्ञप्तिमा उल्लेख छ । देवकोटा र यादवको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । सो घटनाको छानविन गरी

अवैधानिक रुपमा गरिएको निर्वाचन रद्ध गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ । साथै घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि कांग्रेसले माग गरेको छ ।

Chaitra 18, NSU election in Chitwan

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *