मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छः मन्त्री श्रेष्ठ

 ग्लोबल टिभि      आइतवार, चैत्र १९, २०७९      0

चैत १९ –  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन्।

आइतबार स्वास्थ्य परीक्षणपछि आ-आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन्।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेका बताए। सरकार सहमतिप्रति गम्भीर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने स्पष्ट पारे।

गृहमन्त्री श्रेष्ठले भने, ‘वार्ता भएर हामीले सहमति पनि गरिसकेका छौँ। उहाँहरू अब फर्किने तयारीमा हुनुहुन्छ। धेरैले आजै बेलुका जान्छौँ होला भन्नुभएको छ। सहमति कार्यान्वयन हुन्छ, उहाँहरू ढुक्क हुनुहुन्छ। पहिला कार्यान्वयन नभएका कारणले वा समस्या भएको कारणले नै हामीले गम्भीरतापूर्वक लिएर यसलाई कार्यान्वयनमा लैजाने कुरा गरेका हौँ। त्यसकारणले अब कार्यान्वयन हुन्छ। आयोग बनाउने कानुनको प्रक्रिया अगाडि बढिसकेको छ। आयोग बनाउने प्रक्रिया तुरुन्तै हुन्छ। प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ।’

पीडितहरू पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन्। सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनीहरुले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *