ठमेलका व्यवसायीलाई कोरोनाविरुद्धको खोप

 ग्लोबल टिभि           0

सरकारले ठमेल क्षेत्रका व्यवसायीलाई १० हजार मात्रा कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ ।

चीनले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीलाई लगाइएको हो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीमध्ये ९५ प्रतिशतले खोप लगाइसकेको जानकारी दिए । खोप लगाएपछि व्यवसाय गर्न सहज हुने उनको भनाइ छ ।

सबैले खोप लगाउने भएकाले ठमेल कोरोना संक्रमणको जोखिमरहित क्षेत्र भएको सन्देश दिन खोजेको परिषद्ले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *