चैत २२– छिछि र दुर्दर गर्दै नाक मुख थुरेर हड्नि बाध्य पर्साको श्रीसिया नदी आसपासका जनतालाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अव यस्तो दिनको अत्य गर्ने प्रतिज्ञा जनाएका छन् । विभिन्न उद्यागेहरुबाट निस्कने फाहोरका साथै स्थानीयहरुले पनि त्यहि फोहोरमा फोहोर मिसाउँदा दुर्गन्धित बन्दै गएको श्रीसिया नदीलाई कुनै हालतमा प्रदुषण मुक्त गर्ने मेयर सिंहले प्रतिज्ञा जनाएका हुन् ।
पर्साको श्रीसिया नदीलाई कुनै हालतमा भएपनि प्रदुषण मुक्त बनाउने वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताएका छन् । स्वच्छ पानी बग्ने श्रीसिया नदीमा उद्योगहरुले खसाएको पानीले गर्दा दुर्गन्धित बन्दै गएको स्विकार गर्दै उद्योगहरुलाई मात्र जुर्माना गरेर नहुने भएकोले अब कडा कदम चाल्ने बताउनु भएको हो । श्रीसिया नदी प्रदुषणको बिषयमा ग्लोबल टेलिभिजनले समाचार प्रशासरण गर्नसाथ वीरगंज महानगरसपालिकाका मेयर राजेशमान सिंहले उद्योगहरुको अनुगमन समेत गरेका थिए । अनुगमनको क्रममा उद्योगहरुले बदमासी नै गरेको कारण श्रीसिया नदी प्रदुषण मुक्त हुन नसकेको बताए । अरनिका टेक्सटाइल भन्दा पछाडी शुद्ध र स्वच्छ पानी रहेपनि अरनिका टेक्सटाइलको फोहर पानीले गर्दा श्रीसिया नदी प्रदुषित बन्दै गएको उनको भनाई थियो ।
उद्योगहरुका कारण दिनप्रति दिन दुर्गन्धित बन्दै गएको श्रीसिया नदीलाई यसपालि दुर्गन्धित मुक्त बनाउने अभियान नै चलाएको मेयर सिंहको भनाई छ । जति पटक जरिमाना गरेपनि उद्योगहरुले आफ्नो मनमौजी पाराले दुर्गन्धित पानी श्रीसिया नदीमा खसाउने गरेको भन्दै उनले अव उद्योगका साथै नदीमा फोहोर पाmल्ने स्थानीयलाई पनि कारवाही गरिने चेतावनी दिए ।
यता श्रीसिया नदीको दुर्घनमा बाच्न बाध्य स्थानीयले भने यो कदको स्वागत गर्दै अद्योगीहरुको प्रलोभनमा नपरेर अगाडी बढ्न मेयरलाई आग्रह गर्दै आफुहरुपनि सचेत रहने बताएका छन् ।
राजनीतिको छत्रछायँमा रहेर उद्योगपतिले पटक–पटक आग्रह गर्दा पनि फोहोर फाल्न अटेर गरेको समयमा मेयर सिंहले थालेको यो अभियानले भने कति सफलता पाउने हो त्यो भने भोलीका दिनले देखाउला ।
Leave a Reply