उज्यालो अनलाइनका पत्रकार समाचार लेखैकै निहुँमा पक्राउ

 ग्लोबल टिभि      आइतवार, बैशाख १२, २०७८      0

समाचार लेखेकै निहुँमा उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुर्गालाललाई बसुन्धारा र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर नै उनीहरूलाई पक्राउ गरेको बताए ।

उनीहरूलाई राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । तामाङसहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । तर, आदेशको अवज्ञा गर्दै प्रहरीले दुर्गालाल र अनिशलाई पक्राउ गरेको हो ।

उज्यालो नेटवर्कले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन गरेको थियो । पछि अनलाइनले गल्ती स्वीकार गर्दै माफीसमेत मागेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *