आज हाँडीगाउँको पोखरीमा गहना खोज्ने जात्रा

 ग्लोबल टिभि           0

चैत २४ –   वसन्त ऋतुको आगमनसँगै उपत्यका जात्रामय भएको छ। तीनै शहरको केन्द्रदेखि गाउँगाउँसम्म विभिन्न जात्राहरु भइरहेका छन्। भिन्न स्थान, भिन्न परिवेश तर सबैलाई जोडिरहेको छ यी पर्वहरुले।

यसैबिच आज काठामाडौंको नर: (हाँडीगाउँ)मा तिसा: मालिगु जात्रा ( गहना खोज्ने जात्रा) हुँदैछ।

लिच्छवीकालदेखि सुरु भएको भनिएको सो जात्रा अरु स्थानमा भन्दा भिन्न छ। यहाँ त्वरं: अजिमा (वैष्णवी टुंडाल देवी)को मूर्तिलाई खटमा राखेर तिसा: मालिगु पुखु (गहना पोखरी) भित्र डुबाएर परिक्रमा गराइन्छ।

ल्हुति पुन्ही (बाइसधारा मेला)का दिन टुंडालदेवीको जात्रा सुरु हुन्छ। त्यसदिन मपता अजिमा (भाटभटेनी)को मूर्तिलाई पनि टुंडालदेवी ल्याउने गरिन्छ। त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ।

प्रख्यात कथा अनुसार आमा टुंडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन्। त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा अनतर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *