महानगरविरुद्ध सुकुम्बासीको नारा: ‘डोजर आंतक बन्द गर’

 ग्लोबल टिभि      शुक्रबार, चैत्र २४, २०७९      0

चैत २४ – विराटनगर महानगरपालिकाले मेन रोडलगायत बजार क्षेत्रको मुख्य सडकमा ‘नो पार्किङ’ अभियान सञ्चालन गरेको छ।

महानगरको ‘नो पार्किङ’ अभियानविरुद्ध बुधबार विराटनगरको मुख्य बजार क्षेत्रका सम्पूर्ण पसल बन्द गरेर व्यापारी, व्यवसायीहरू विरोधमा उत्रेका छन्।

महानगरले आफ्नो ‘नो पार्किङ’ अभियानलाई कडाइ गर्न थालेपछि व्यापारीहरुले बुधबारदेखि बजार बन्द गरेर विरोधमा उत्रेका हुन्। उनीहरुले महानगरपालिका र महानगरका मेयर नागेश कोइरालाविरुद्ध नाराबाजी गर्दै बजार बन्द गरेका थिए।

‘ग्राहक मास्न पाइँदैन, नो पार्किङ चाहिँदैन’, महानगरको ज्यादती बन्द गर,’ भन्दै मेयर नागेश कोइरालाविरुद्ध उनीहरुकाे नाराबाजी थियाे।

महानगरले ‘नो पार्किङ’ घोषणाको अवज्ञा गर्दै व्यापारीहरुले आ–आफ्नो पसल अगाडि मोटरसाइकल पार्किङ गरेर राखेका थिए। उनीहरुले मोटरसाइकल पार्किङमा राखेपछि महानगरको नगर रक्षक र ट्राफिक प्रहरीले चाबी लगाएपछि आन्दोलनमा उत्रन परेको बताएका छन्।

व्यापारीहरुले सडकको एकतर्फ पहिलेदेखि पार्किङ गर्दै ‘ग्राहक मास्न पाइँदैन, नो पार्किङ चाहिँदैन’ लेखेको प्ले कार्ड मोटरसाइकल र पसलको भित्तामा टाँसेका छन्।

महानगरले पार्किङको समस्या समाधान नगरे पसल खोल्नुको कुनै औचित्य नहुने उनीहरुले बताउँछन्। व्यापारी गणेश साहले जबदेखि यो ‘नो पार्किङ’ महानगरले लगायो त्यहाँदेखि नै राम्रोसँग व्यापार नभएको बताए। ‘हाम्रो पीडा बुझ्ने कोही पनि आएनन्’ साहले भने।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *