विनोदबिक्रम भण्डारी
विनोद/रुपेश– माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी फुटको संघारमा पुगेको छ । पार्टीभित्र अवसरबाद र सिद्धान्तहिन हर्कत हावी रहेको भन्दै शनिबार बरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेपछि समाजवादीभित्रको विवाद सतहमा आएको हो । पार्टीभित्र सत्तामोह मौलाएको भन्दै नेताहरु पार्टी परित्याग गर्न थालेपछि अध्यक्ष नेपाललाई थप संकट परेको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी फुटको संघारमा पुगेको आकलन सुरु भएको छ । पार्टीका जिम्मेवार नेताहरु नै धमाधम पार्टी परित्याग गर्न थालेपछि अध्यक्ष माधव नेपाललाई समेत संकट उत्पन्न भएको छ । एमालेबाट टुक्रिएर बनेको एकिकृत समाजवादी जनताको जनमत बटुल्न नपाउदै रित्तिन थालेको हो । शनिबार मात्रै वरिष्ठ नेता मुकुन्द न्यौपानेले नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको भन्दै पार्टीबाट अलग्गिएको घोषणा गरेका थिए ।
एकिकृत समाजवादी नेताहरु विच पछिल्लो समय सत्ता गठबन्धनमा सहभागि हुने या नहुने भन्ने विषयमा समेत भिन्न मत रहँदै आएको थियो । विवादका विच सरकारमा सहभागि भएको समाजवादीमा अध्यक्ष नेपालले होमवर्क नगरेको आवाज उठिरहेको छ । त्यसैका विचमा झलनाथ खनाल निकटका नेता न्यौपानेले गरेको विद्रोहले एकिकृत समाजवादीभित्रको विवाद समेत सतहमा ल्याइदिएको छ । यता पछिल्लो समय सम्मानित नेता झलनाथ खनाल समेत कम्यूनिष्ट छिन्नभिन्न भएर बाम आन्दोलनको उदेश्य पुरा नहुने बताउँदै आएका छन् । सम्मानित नेता खनालसमेत ठुलो राजनीतिक लाभ लिन पुनः एमाले फर्किने मनसायमा रहेको निकट नेताहरु दावी गरिरहेका छन् । शनिबार नेता न्यौपानेले समेत खनाल छिट्टै एमालेमा पर्किने दावी गरेका थिए । तर अध्यक्ष नेपाल निकट रहेका नेताहरु भने त्यसमा कुनै सत्यता नरहको बताउँछन् ।
त्यसो त केहिदिन अघि मात्रै एकिकृत समाजवादीले अर्का बलिया नेता घनश्याम भुसाललाई पार्टी प्रवेश गराउँदै महासचिव बनाएको थियो । यसअघि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले समेत राजीनामा दिएका थिए । नेता न्यौपानेसंगै अर्का नेता चुडामणि जंगलीले समेत नेकपा एकीकृत समाजवादी छाडेका थिए ।
Leave a Reply