बैतडीमा जिप दुर्घटना, १२ घाइते

 ग्लोबल टिभि           0

बैतडीको पाटन–खोड्पे सडकखण्डस्थित हिरापुर स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० जना सामान्य र दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *