काठमाडौँ उपत्यकामा बिहीवारदेखि निषेधाज्ञा

 ग्लोबल टिभि           0

कोरोना भाइरस संक्रमण दर बढेपछि काठमाडौँ उपत्यकाका तीन जिल्लामा बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागु गरिने भएको छ।

सोमबार बसेको काठमाडौँ‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको विस्तृत सूचना केही बेरमा सार्वजनिक हुँदैछ ।

आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौँलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *