उपत्यका बाहिरका नागरिकलाई घर फर्किन दुई दिनको समय

 ग्लोबल टिभि      सोमवार, बैशाख १३, २०७८      0

उपत्यकाका तीनै प्रशासन कार्यालयले लकडाउनअघि नागरिकलाई घर फर्किन दुई दिनको समय दिने भएका छन् ।

सोमबार उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एकसाता निषेधाज्ञा अथवा लकडाउन हुने जानकारी दिए । त्यसअघि काठमाडौँ छाड्न चाहने नागरिकलाई २ दिनको समय दिने बताए ।

कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्र पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए ।

लकडाउन गर्नु भन्दा अगाडि सतर्क रहन अपिल गरे पनि मापदण्ड पूर्णरूपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको प्रशासनको ठहर छ । त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको पराजुलीको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *