बालाजु बाइसधार मेला स्थगित, भक्तजनले उद्यान बाहिरैबाट गरे पूजाआजा (फोटो फिचर)

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख १४, २०७८      0

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला कोभिड–१९ संक्रमण बढ्दै गएको कारण यस वर्ष पनि स्थगन गरिएको छ । मेलामा लाखौंको संख्यामा भक्तजन आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले जनाएको छ ।

उद्यान कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड हुने र संक्रमण बढ्ने जोखिम भएकाले मेला स्थगन गरिएको बताए ।

गत वर्ष पनि कोभिड संक्रमणको जोखिम नियन्त्रण भन्दै गरिएको लकडाउनका कारण मेला लाग्न सकेको थिएन् । बाइसधारामा सर्वसाधारणलाई प्रवेश रोक लगाइएपछि दर्शनार्थीले उद्यान बाहिरैबाट पूजाआजा गरेका छन् ।

आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रहेको छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने प्रचलन पनि रहेको छ । यस्तै आज बिहानै नागर्जुन वनमा रहेको जामाचो डाँडामा पुगेर बालाजु फर्की बाइसधारमा स्नान गर्ने परम्परा पनि छ । यसरी बाइसधारामा नुहाइसकेपछि मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास पनि रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *