घटनामा प्रहरी टोलीको नेतृत्व गरेका डीएसपी गम्भीर घाइते भएको र घाइते मिटरब्याज पीडितहरुलाई पनि आफूले भेटेको उनले बताए । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘यो दुखद घटना हो, अब आइन्दा यस्तो घटना नहोस्, प्रहरी प्रशासनले संयमता अपनाओस् भनेका छौं ।’ मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले बताए ।
सरकारले आयोग बनाउनुका साथै कानुन संशोधन गर्ने निर्णय गरिसकेको भन्दै उनले भने, ‘ जनजागरण अभियान गरेर बल पुर्याउनुभएको छ, यसको निम्ति धन्यवाद । तर अनावश्यक रुपमा पीडितहरुलाई दुख दिने काम कसैले पनि नगरौं भन्ने अपील पनि गर्न चाहन्छु ।’
Leave a Reply