मुकुन्द र दिपिका अभिनित ‘निष्ठुरी’ सार्वजनिक

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ८, २०८०      0

वैशाख ८ – लोकप्रिय गायक थानेश्वर गौतमको सुमधुर स्वरमा सजिएको ‘निष्ठुरी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ। गीतलाई सरोज बिस्टले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा मुकुन्द भट्ट, दिपिका थापा र शिव सेन्चुरीको अभिनय रहेको छ।

हरिश महराले छायाँकन गरेको यस गीतको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। सुदिप श्रेष्ठ सह-निर्देशक रहेको यस भिडियोलाई शिव सेन्चुरी सुनारको निर्देशनमा तयार पारिएको हो।

भिडियो संगीतकार श्रेष्ठको युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्शन’ मार्फत सावजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *