बसको ठक्करबाट एक जनाको मृत्यु

 ग्लोबल टिभि           0

काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ४ बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको हो ।

उनी तरकारी बेच्न हिँडिरहेका बेला पहेंलो रंगको बसले ठक्कर दिएको थियो । घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनलाई ठक्कर दिने बसको नम्बर खुलेको छैन । एउटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *