रोल्पाको पिराले गाउँमा आगलागी, २५ घर नष्ट

 ग्लोबल टिभि      बुधबार, बैशाख १५, २०७८      0

रोल्पाको पिराले गाउँमा आगलागीले २५ घर जलेर नष्ट भएका छन् । त्रिवेणी–२ नुवागाउँस्थित सामुदायिक वनबाट सोमवाददेखि फैलिएको आगोले २५ घर जलेका हुन् ।

अझै आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । तीन दिनअघिदेखि लागेको आगो नियन्त्रणमा लिन स्थानीयले प्रयास गरे पनि तीव्र हावाका कारण नियन्त्रणमा लिन सकेका थिएनन् ।

जंगलबाट फैलिएको आगो त्यसपछि दर्जन सामुदायिक वनमा फैलिएको छ । आगो छिमेकी गाउँपालिका रुन्टीगढीसम्म फैलिएको छ ।

प्रहरीका अनुसार कम्तीमा १६वटा गोठ जल्दा १६ बाख्रा, ७ गाई, १ बंगुर मरेका छन् । आगोले खानेपानीका पाइप र बिजुलीका तारसमेत जलेर नष्ट भएको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *