७५३ वटै स्थानीय तहमा स्काउट समिति

 ग्लोबल टिभि           0

नेपाल स्काउटले स्थानीय स्काउट समिति घोषणा गरेको छ ।

काठमाडौँमा बुधवार कार्यक्रम गरी स्काउटले सातै प्रदेशका ७५३ स्थानीय तहमा स्काउट समिति घोषणा गरेको हो । स्काउटले सबै पालिकामा संयोजक तोकेको छ ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले प्रदेशस्तरीय स्काउट आधारभूत तालिमबाट चार हजार भन्दा बढी युवा स्काउट मास्टर उत्पादन भएको जानकारी दिए ।

यसैबाट ७५३ वटै स्थानीय तहमा संरचना निर्माण गरी सातै प्रदेशमा स्काउट समिति गठन भई प्रदेश कार्यालय समेत सञ्चालनमा आइसकेको बताउनुभयो ।

भण्डारीले हाल ७५ हजार युवा स्काउटका सदस्य रहेको बताए । स्थानीय स्काउट समितिले आफ्नो क्षेत्राधिकार भित्रको प्रत्येक विद्यालयमा स्काउट गठन गरी ६ वर्षदेखि २५ वर्षका युवालाई स्काउटमा समेट्न सक्ने उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *