सातामा ११ सयले घट्यो सुनको मूल्य

 ग्लोबल टिभि      शनिबार, बैशाख १६, २०८०      0

वैशाख १६ –   यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा ११ सय रुपैयाँले मूल्य घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ ।

यो साताको पहिलो कारोबार दिनदेखि नै सुनको मूल्य घट्न थालेको थियो । आइतबार नै तोलामा ९०० रुपैयाँले सुनको मूल्य घटेको थियो । यस्तै, सोमबार २०० ले घटेको सुनको मूल्य मंगलबार ४०० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार ३०० ले बढेको सुनको मूल्य बिहीबार १०० र शुक्रबार ५०० ले घटेको हो ।

यो साता चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार तोलामा १४ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १४ सय १० रुपैयाँ कायम भएको छ । यो ३५ रुपैयाँ प्रतितोलाको गिरावट हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *