युएईले ओमानलाई दियो २३७ रनको लक्ष्य

 ग्लोबल टिभि      शनिबार, बैशाख १६, २०८०      0

वैशाख १६ –  एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत मुलपानि मैदानमा जारी युएई र ओमानबीचको सेमिफाइनल खेलमा युएईले ओमानलाई जितका लागि २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३६ रनमा समेटिएको थियो। उसका लागि कप्तान मुहम्मद वासिमले सर्वाधिक ४८ रन बनाउँदा रमेज सहाजादले ४६ रन बनाए। त्यस्तै बसिल हमिद र आसिफ खानले समान ३४-३४ रन बनाउँदा आर्यान लाक्राले २५ तथा वृत्या अर्विन्दले १८ रन जोडे।

ओमानका लागि बिलाल खान र जेसन मसुदले समान ४-४ वेकट लैदा आयान खानले २ विकेट लिए। केहीबेरपछि ओमान जवाफी ब्याटिङका लागि मैदान उत्रँदैछ।सेमिफाइनल अन्तर्गतनै टियू मैदानमा जारी कुवेत र नेपाल विचको खेलमा भने वर्षा वाधक बनेको छ। यद्यपि, दोस्रो पटक खेल सुरू गर्ने तयारी हुँदै छ।

अहिले घाम लागेको भएपनि वर्षा हट्ने पुरै सम्भावना भने कमजोर छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *