ग्लोबल टिभि
शनिबार, बैशाख १६, २०८०
0
वैशाख १६– सुनिल थापा मगरको आवाजमा रहेको ‘हेर यो मेरो मुटुमा’ गीतको भिडियो रिलिज भएको छ । गीतको शब्द र सङ्गीत प्रमोद कोइरालाको रहेछ भने एरेन्ज भने प्रमोद् परियारको रहेको छ ।
पी शाह र पूजा ठाकुरको अभिनय यस भिडियोमा देख्न सकिन्छ । मैथिली तथा भोजपुरी गीतहरुमा देखिने पूजाले अभिनय गरेको भने यो नेपाली गीत पहिलो हो । गीतको सुटिङ पोखरामा गरिएको हो । यसलाई छाँयाकार रुपेश थापाले खिचेका हुन् भने भिडियोको निर्देशनसमेत उनैले गरेका छन् । सम्पादन भने प्रबिन भट्टले गरेका हुन् ।
Post Views: 166
Leave a Reply