बेपत्ता भएका डाक्टर काभ्रेमा भेटिए

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक २५, २०७७      0

काठमाडौं । सुसाइड नोट लेखेर भक्तपुरबाट बेपत्ता भएका डाक्टर काभ्रेमा भेटिएका छन् । राधेराधेबाट हराएका दन्तरोग विशेषज्ञ डा. दिगम्बर झा काभ्रेको भुम्लु गाउँपालिका – १० स्थित अरनिको राजमार्गमा भेटिएका हुन् ।

आफन्तले टिपाएको बा १६ च ८६७९ नम्बरको कारलाई देखेपछि स्थानीय प्रहरीले उनलाई भेटेको महानगरीय प्रहरी परिसर, भक्तपुरका डीएसपीले बताए ।

‘झोकराएर बसेको अवस्थामा फेला पारिएको भन्ने खबर आएको छ’, गिरीले थपे, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

डा. झाको राधेराधेमा द डेन्टल सिटी नामक क्लिनिक थियो ।

फेसबुकमा सुसाइड नोट राखेर उनी मंगलबार बिहान करिब ५ बजेबाट बेपत्ता भएका थिए । त्यसक्रममा प्रहरीले प्राविधिक अनुसन्धान गरेर उनको खोजी थालेको थियो । उनको मोबाइल काभ्रे क्षेत्रमा सक्रिय देखिएपछि खोजीलाई त्यसतर्फ केन्द्रीत गरिएको थियो । उनको परिवारमा राम्रो सम्बन्ध नभएको बुझिएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *