काठमाडौँ । काठमाडौँ उपत्यकालगायत १६ जिल्लामा लागु भएको निषेधाज्ञाको पहिलो दिन नेपाल प्रहरीले मास्क नलगाई हिँड्ने ५८ हजारभन्दा बढीलाई कारबाही गरेको छ ।
विभिन्न जिल्लामा गरी स्वास्थ्य मापदण्ड गरी मास्क नलगाउने ५८ हजार १५२ जनालाई होल्डिङ गरी छाडिएको प्रहरीले जनाएको छ । यस्तै निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ३३१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १४५ दुई पाङग्रे र १३५ चारपाङ्ग्रे सवारी साधनलाई दिनभर नियन्त्रणमा लिएर छाडेको प्रहरीले जनाएको छ ।
माक्स नलगाउनेमध्येबाट १ हजार ३१ जना कारबाहीमा गरेको र ३३ हजार ३९४ लाई सम्झाइबुझाइ पठाएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै ‘तपाईँको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत एकलाख ३२ हजार ९४६ जनालाई मास्क वितरण गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै प्रहरी सहयोगका लागि ४ हजार ५७० जनाले फोन गरेका छन् ।
Leave a Reply