सोनाक्षीको डेब्यु सिरिज

 ग्लोबल टिभि      बिहिबार, बैशाख २१, २०८०      0

वैशाख २१— बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको डेब्यु वेबसिरिज ‘दहाड’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ । प्राइम भिडिओ इन्डिया युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको ट्रेलरमा सोनाक्षी प्रहरी अधिकारी (अञ्जली भाटी) को भूमिकामा देखिएकी छन् ।

सिरिजमा उनले शृंखलाबद्ध रूपमा सार्वजनिक बाथरुममा मृत भेटिएका २७ जना युवतीहरूको हत्याको विषयमा अनुसन्धान गरेकी जनाइएको छ ।

सोनाक्षीले विगतमा आफूले अभिनय गरेकाभन्दा अञ्जली भाटीको चरित्रको अलग रहेको बताएकी छन् । क्राइम थ्रिलर सिरिज ‘दहाड’ मा सोनाक्षीसँगै विजय बर्मा, गुल्सन देवैया, सोहुम शाहलगायत कलाकारले अभिनय गरेका छन् । रीमा काग्ती र रुचिका ओवरायले निर्देशन गरेको सिरिज अमेजन प्राइमबाट मे १२ देखि प्रदर्शन हुने जनाइएको छ । ‘दहाड’ ८ एपिसोडको रहेको जनाइएको छ ।

सोनाक्षीले २०१० मा ‘दबंग’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उक्त फिल्मबाट उनले फिल्मफेयरमा उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितेकी थिइन् । सोनाक्षी पछिल्लो पटक ‘डबल एक्सएल’ फिल्ममा देखिएकी थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *