अन्तराष्ट्रिय श्रमिक दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै

 ग्लोबल टिभि      शनिबार, बैशाख १८, २०७८      0

आज मे १ तारिख १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवस । काठमाडौंसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश पर्वकारुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ ।

नेपालमा विक्रम संवत २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो । २००७ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएपनि २०४६ को राजनीतिक परिवर्तनपछि भने सार्वजनिक बिदा दिन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन संघर्ष भएको थियो ।

उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *