एमालेको केन्द्रीय कमिटी बैठक सुरू

 ग्लोबल टिभि           0

वैशाख २८ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू भएको हो।

बैठक तीन दिनसम्म सञ्चालन हुने एमाले प्रचारविभाग प्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा छलफल हुने १० वटा एजेण्डा सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ।

केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’अभियानको समीक्षा, पार्टी सचिवालय बैठकले गरेका सम्पूर्ण निर्णयहरूको अनुमोदन, अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टीका विभिन्न आयोग र प्रदेशको प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, समसामयिक राजनीति लगायतका विषयमाथि छलफल हुनेछ।

एमालेले यस अगाडि झापामा बैठक राख्ने तयारी गरेपछि बजेट अधिवेशन आह्वान भएकाले पुन :पार्टी कार्यालयमा नै गर्ने निर्णय गरेको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *