धनुषामा मंगलवारदेखि निषेधाज्ञा

 ग्लोवल टि.भी.      आइतवार, बैशाख १९, २०७८      0

काठमाडौँ : धनुषामा मंगलवारदेखि निषेधाज्ञा जारी हुने भएको छ ।

जिल्लामा कोभिड १९ को संक्रमण बढेको तर बजार र बस्तीमा मानवीय चहलपहल बढेको भन्‍दै जिल्ला प्रशासन कार्यालयले वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्‍म निषेधाज्ञाको आदेश जारी गरेको हो ।

प्रशासन कार्यालयले जनकपुरको प्रादेशिक अस्पताललाई थप स्रोतसाधनको व्‍यवस्था गरी कोभिड उपचारको व्‍यवस्था मिलाउन पनि भनेको छ ।

यस्तै जनकपुरस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवन स्वामित्वमा लिई कोभिड प्रकोप अवधिभर सञ्‍चालन गर्न प्रदेश २ मुख्यमन्त्रीको कार्यालयलाई आग्रह गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *