बाँकेमा स्थिति भयावह हुन नदिन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

 ग्लोवल टि.भी.      आइतवार, बैशाख १९, २०७८      0

काठमाडौँ  । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) का संयोजक पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतवार टेलिफोन गरी नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ वेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट सम्पूर्ण सहयोग हुने आश्वासन दिए ।

यस क्रममा प्रजिअ गेलालले अस्पतालमा कोभिडका बिरामीको चाप बढिरहेको, अस्पतालमा शय्या अभाव भएको, डाक्टर अभाव भएको जानकारी गराए । यस्तै नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालबनाउने विषय प्रक्रियामै रहेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *