जेठ ३ – मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो। नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ। राज्यले पछिल्लो समय मिर्गौलाको उपचारमा राम्रो सहयोगको व्यवस्था गरेको छ। यद्यपि मिर्गौला सम्बन्धी समस्या भएका र मिर्गौला फेल हुने बिरामीको संख्यामा उल्लेख्य रुपमा कमी आएको छैन।
मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ। सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्ववद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि मिर्गौला फेल भएका धेरैले दोस्रो जीवन पाए। हाल वीर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र निजी अस्पताल अन्तर्गत ग्रान्डी इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ। मिर्गौला प्रत्यारोपण महँगो र जटिल उपचारविधि हो। मिर्गौलाको उपचार विधिबारे बुझ्नुभन्दा पहिले हामीले मिर्गौलाले शरीरमा के काम गर्छ भन्ने कुरा बुझ्न जरुरी छ।
–सुरूको अवस्थामा मिर्गाैलामा प्रोटिन भन्ने तत्व चुहिन थाल्छ । विस्तारै त्यो बढदै गएपछि मिर्गाैलाले काम गर्न छाड्ने हुन्छ ।
–प्रोटिन तत्व चुहिन थालेपछि पिसावमा अत्यधिक फिज आउन थाल्छ । त्यसबाट पनि मिर्गाैलामा खरावी छ भन्ने थाह हुन्छ ।
–साझपख गोलीगाँठाहरू सुन्निन थाल्छ ।
–विहान उठदा आँखाको डिलहरू सुनिने गर्छ ।
–राती सुतेपछि धेरै पिसाव हुनु अर्थात तीन पटक भन्दा धेरै पटक ।
–विहान उठदा धमिलो, कोकाकोला जस्तो, धुवा जस्तो पिसाव आउछ ।
–कहिलेकाही अत्यधिक कोखा दुख्ने गर्छ ।
–रगतको कमीले शरीर थाक्ने ।
–वाक वाक लाग्ने ।
त्यसबाहेक …….
यदि खुलेर पिसाव आउदैन भने, पिसाव गर्दा बल गर्नु पर्छ, थोपा थोपा भएर आउछ, पिसाव गर्ने बेला पिडा हुन्छ, रातीमा धेरै पटक पिसाव हुन्छ, ठूलो हुँदासम्म निदाएका बेला ओछ्यानमा पिसाव हुन्छ भने त्यस्तो व्यक्तिलाई पछि गएर मिर्गाैलाको रोगको सम्भावना हुनसक्छ । त्यसैले समयमै गएर परिक्षण गर्नुपर्छ ।
Leave a Reply