विश्व प्रेस स्वतन्त्रता दिवस, दोहोरो जिम्मेवारीमा संचारकर्मी

 ग्लोवल टि.भी.      सोमवार, बैशाख २०, २०७८      0

आज विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विण्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो । बिभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गरी दिवस मनाइने गरिन्छ ।

प्रेस स्वतन्त्रताको दिवसमा शुभकामना दिँदै सभामुख अग्निप्रसाद सापकोटाले आफु सचेत बनेर दर्शक तथा श्रोेतालाइ सचेत गराउनु पर्ने दोहोरो जिम्मेवारीमा संचारकर्मी रहेको बताएका छन् । उनले अहिलेको विषम परिस्थितिमा सञ्चार जगतले प्रभावकारी भूमीका निर्वाह गर्नेमा विश्वास समेत व्यक्त गरे ।

अहिले सञ्चार जगतलाई कोभिड–१९ बाट सिर्जित महामारीबाट नागरिकलाई सूचित गरी सुरक्षित बनाउने जिम्मेवारी पनि थपिएको उनको भनाइ छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष रहेको भन्दै उनले नेपष्लम लोकतन्त्रको विकास, बिस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिकाको प्रशंसा गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *