कोरोनाबाट मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ

 ग्लोवल टि.भी.      सोमवार, बैशाख २०, २०७८      0
प्रतीकात्मक तस्वीर

काठमाडौँ । कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई एकलाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कर्णाली मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारकी प्रवक्ता विमला केसीले सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिइन्।

विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तर गरेकोउनले जानकारी दिइन्। यो रकम कोभिड–१९ सँग सम्बन्धित समस्या समाधानका लागि खर्च गरिनेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *