जेठ ६– ४० वर्षदेखि अध्यापन पेशामा क्रियाशिल शिक्षक खिमबहादुर खड्काको अनिवार्य अवकाशसंगै अध्यापन पेशामा ब्रेक लागेको छ । ४० वर्षदेखि एउटै विद्यालयमा अध्यापन गराएका खड्का विद्यार्थीहरु यतिखेर विभिन्न पेशा व्यवसायमा संलग्न छन् । खड्कालाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी सम्मान एवम् बिदाई गरेको छ ।
जनप्रिय उच्च मा.वि. त्रिवेणी–८, रुकुम (पश्चिम)मा कार्यरत स्थायी शिक्षक खड्काको अध्यापनको शैली धेरैकालागि अनुकरणीय हुने विद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर खड्काले बताएका छन् ।
वि.स. २०२० साल जेठ १ गते साविकको पेउघा गाविसमा जन्मिएका खड्का अस्थायी शिक्षकका रुपमा २०३९ सालदेखि शिक्षण पेशामा जोडिएका थिए । २०४१ सालमा स्थायी नियुक्ती भएपछि निरन्तर अध्यापन गराउदै आएका थिए । शिक्षक खड्काले आफूले सेवा सुरु गरेको विद्यालयबाटै बिदाई हुन पाउँदा निकै खुशी लागेको बताए ।
‘जीवनको लामो समय यस विद्यालयमा सेवा गर्ने मौका पाए, अध्यापन गर्ने सिलसिलामा सबैसंग असल व्यवहार गरेको महसुस गरेको छु। कतिलाई पढाउँदा अलि चर्को बोलियो होला कतिलाई कोमल बोलियो होला सबै कुरालाई सिकाईको रुपमा लिनुहोला,’ उनले भने, ‘विद्यालयमा कार्यरत शिक्षकलाई समेत आफ्ना नराम्रा कुरा विर्सन आग्रह गर्छु ।’ निडर र हक्की स्वभावका शिक्षक खड्का निकै अनुभवी र खारिएका गुरुका पनि गुरु मानिन्छन् । उनले आफ्नो उर्जावान युवा अवस्था देखि निरन्तर अविछिन्न रुपमा ४० वर्ष अध्यानपन गराउदै शिक्षाको ज्योती छर्न सफल शिक्षकका रुपमा मानिन्छन् ।
विदाई समारोहमा उनका पूर्व विधार्थी राजेश के.सी. सम्झदै उनी भन्छन् – ‘मेरो उहाँ एक प्रेरणादायी स्रोत हो, स्वभावले उहाँ निकै हक्की र लगनशिल हुनुहुन्थ्यो, म के गर्छु भन्दा पनि म के भन्दैछु त्यो काम गर्नु भन्ने उपदेश सदा दिईरहनुहुन्थ्यो ।’
साथै उनका सहकर्मी शिक्षक मोहन खडका, भुवन खड्का, कुमार वली, मन बहादुर बि।क। लगायतले आफ्नो विद्यार्थीकाल सम्झदै भन्छन्, ‘हामी त यहि विद्यालयमा पढ्यौ उहाँले हामीलाई बाल्यकालदेखि नै शिक्षा दिनु भएको हो, उहाँ त हामी सबैको प्रेरणादायी गुरु हुनुहुन्छ । तर समय संगै अहिले यहीँ विद्यालयमा आएर उहाँसंगै हामीहरु अध्यापन गराउन पाँउदा आफूहरु निकै गौरवान्तित भएको र उहाँ निकै उर्जाशक्ति भएको सदैव बिद्यालयको समग्र हितमा खटिने स्वभाव रहेको साथै विद्यालयको लागि उहाँले निभाउनु भएको योगदानलाई उच्च कदर सदैव सम्झिरहनेछौँ ।
Leave a Reply