गर्भवतीको मृत्यु भएपछि मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १०, २०८०      0

जेठ १० –  सिन्धुली अस्पतालमा डाक्टरको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोडसहित राजमार्ग बन्द गरेका छन् ।

कमलामाई नगरपालिका-५ सिलामेकी २९ वर्षीया गर्भवती गंगा गुरूङ श्रेष्ठको मंगलबार उपचारका क्रममा मृत्यु भएपछि आफन्त सहितका आक्रोसित भिडले अस्पताल तोडफोड गरेको हो ।

जिल्ला अस्पतालका डाक्टर दिनेशकुमार मितले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

अस्पतालमा सयौंका संख्यामा जम्मा भएकाले तोडफोडमा उत्रिएका छन्। अहिले अस्पताल परिसरमा अवस्था तनावग्रस्त छ । बिपि राजमार्गको शान्तिनगरचोकमा टाएर बालेर सडक अबरुद्ध गरिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *