संस्थागत विद्यालयलाई महानगरको उर्दी, जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्नु

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १०, २०८०      0

जेठ १० – काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न भनेको छ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण गरीजेठ १६ गतेभित्र विवरण पठाउन भनेको हो।

‘महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण  गर्ने’, सूचनामा भनिएको छ, ‘महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ बमोजिमको छात्रवृत्तिको सोही नियममा उल्लेख भएका प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गरी नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नाम विद्यालयको वेबसाइटमा प्रकाशन गर्ने।’

यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी १६ गते कार्यालय समयभित्र यसको जानकारी विभाग र इमेलमार्फत अनिवार्यरूपले पठाउन विभागले भनेको छ।

वडाध्यक्ष र जनप्रतिनिधिलाई यसको अनुगमन गर्न पनि विभागले आग्रह गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *