बावुल गिरिको स्वर र संगीत रहेको ‘झिम परेली’ बोलको नयाँ गित युटुबको ट्रेनिङमा (भिडियोसहित )

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १०, २०८०      0

जेठ १० –  गायक बावुल गिरिको स्वर तथा संगीत रहेको ‘झिम परेली’ बोलको नयाँ गित युटुबको ट्रेनिङमा परेकाे छ।  गायिका रानी शाक्य र बावुल गिरिको  गित ट्रेडिङमा २२ औं स्थानमा पुग्न सफल भएको छ। डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द रहेको छ ।

गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापा लगायतको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक छ ।मित्र डि गुरुङको सम्पादन, सुदिप बरालको छायांकन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन । गीतलाई मौलिक रुपमा प्रस्तुत गरिएको छ् । आम दर्शक र श्रोताको मनमा छोटो समयमा युटुवको ट्रेडिङमा पर्न सफल भएकोमा सम्पुर्ण दर्शक तथा स्रोतालाई ‘झिम परेली’ टिमले धन्यवाद ब्यक्त गरेको छ । गीतको भिडियोलाई रानी शाक्य अफिसियल मार्फत हेर्न सकिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *