जेठ १०– सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा रहेका चन्द्र भण्डारीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । भेटमा भण्डारीले भने– ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच । मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ,’ माननीय भण्डारीले स्मरण गरे ।
एमाले अध्यक्ष ओलीले भने- ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’ भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गराए ।
सभामुख घिमिरेले एक साताअघि निवासमै गएर माननीय भण्डारीसँग भेट गरेका थिए । सभामुखले पनि भण्डारको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाएका थिए ।
Leave a Reply