मनाङसँग बराबरीमा रोकियो चर्च ब्वाइज

 ग्लोबल टिभि           0

जेठ ११– शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानको मछिन्द्र एफसीमाथि ३ अंकको अग्रता बनाएको छ ।

मनाङ भने २१ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *