सफलले अर्को मुद्धा हालेपछी रविको आक्रोस, घण्टीले बजाउने चेतावनी(भिडियोसहित)

कैलाश कठायत

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ११, २०८०      0

कैलाश कठायत- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आफुलाई इरिटेट नगर्न चेतावनी दिएका छन । बिहिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामीछानेले आफु माथी मुद्दा हाल्ने उद्योग नै चलेको आरोप लगाए । रास्वपाको चुनाव चिन्ह घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ भन्दै रवीले चेतावनी नै दिएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको बिषयलाई बारम्बार मुद्धा अनि बिवादको बिषय बनाएर आफूलाई इरिटेट गरिएको बताएका छन् । सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुनः युवराज सफलले सर्वोच्चमा अर्को रिट हालेपछि रवीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफुलाई इरिटेट नगर्न चेतावनी दिएका हुन । रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’

अमेरिकी नागरिकता परित्याग गरेको तथ्य अदालतको गत वर्ष माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको छ । बैधानिक प्रक्रियाबाट नेपाली नागरिकता पुनः कायम गराएको दाबी गरेका रवीले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको दाबी मात्रै गरेका छैनन सक्कल बमोजिम नक्कल पनी मिति २०७५/०३/०६ गते अध्यागमनलाई सप्रमाण बुझाएको बताएका छन् । यही बिषयमा टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको पनी रविले लेखेका छन् । रवीले चेतावनीयुक्त भाषामा थप लेखेका छन्, ‘घण्टीलाई बजाउनमात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’ बुधबारको प्रतिनिधि सभा बैठकमा समेत रविले राहदानी र नागरिकताको विषयमा सवाल उठाएपछी नेपाली कांग्रेसका सांसदलाई धम्क्याएका थिए । कांग्रेस सांसद अजयकुमार चौरसियाले लामिछानेको नागरिकता र राहदानी प्रकरणबारे संसदमा विषय उठाएका थिए । अदालतमा विचाराधीन विषय संसदमा उठाइएको भन्दै रविले आपत्ति नै जनाए ।

पार्टी सभापति विरुद्ध नागरिकता र राहादानी दुरुपयोगको मुद्धा पुनः सक्रिय हुन थालेपछि रास्वपाका नेताहरु रविको बचाउमा उत्रेका छन । रास्वपाकी सांसद डा. तोषिमा कार्कीले पार्टी सभापति विरुद्ध नागरिकता र राहदानीको मुद्धा थप बल्झाईए चुप लागेर नवस्ने चेतावनी बताएकी छिन ।

बुधबार मात्र सर्वोच्च अदालतमा रवि विरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा दर्ता भएको छ । अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले “पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको“ दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएपछि रवी र उनको पार्टीका नेताहरु आक्रोशित बन्न थालेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *